पासाङल्हमु मार्गको ककनी–त्रिशूली खण्डको निगालेमा पहिरोले सडक अवरुद्ध भएको छ।
ककनी गाउँपालिका–४ निगालेमा सडकमाथिबाट शनिबार विहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडकको पहिरो पन्छाउने कार्य भइरहेकाले अपरान्हसम्म सडक सञ्चालन हुनेसक्ने प्रहरीको भनाइ छ।
निर्माणाधीन बालाजु–रानीपौवा–त्रिशूली सडकको निर्माणकार्य अलपत्र परेका कारण वर्षातको बेलामा पहिरो जाँदा समस्या हुँदै आएको छ।
(रासस)