जापान सरकारले नेपाललाई ९४ करोड ५६ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ। विभिन्न तीन कार्यक्रमलाई अघि बढाउनका लागि जापानले सो रकम सहयोग गरेको हो।
नेपालका लागि जापानी राजदूत मासमिची र अर्थमन्त्रालयका सचिव राजन खनालबीच सो सहयोगसम्वन्धी सम्झौता भएको हो।
सम्झौताअनुसार विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी)का लागि ३० अर्ब ५७ करोड रुपैयाँ खर्च हुनेछ। त्यस्तै नेपाल जापान संयुक्त मानव संसाधन विकासको दुई चरणका कार्यक्रम (जेडिएस) का लागि कुल ६३ करोड ९९ लाख रुपैयाँ खर्च हुनेछ।