अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुस लिँदालिँदै मंगलबार साँझ पक्राउ गरेको छ।
आयोगको पोखरास्थित टोलीले मालपोत अधिकृत अभिनाश कुँवरलाई नगद ५९ हजार रुपैयाँसहित पक्राउ गरेको हो।
अधिकृत कुँवरले जग्गाको मूल्याङ्कन कम गरी राजश्व घटाइदिएवापत सेवाग्राहीबाट पोखरा राष्ट्र बैंक चोकको एक रेष्टुरेण्टमा रकम दिएको अख्तियारको दाबी छ।
रकम लिएलगत्तै अधिकृत कुँवरलाई अख्तियारको टोलीले पक्राउ गरेको जनाइएको छ।