सर्पदंशबाट दाङमा एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कुईरेपानी निवासी ३१ बर्षीया बृहस्पती चौधरीको सर्पदंश वाट मृत्यु भएको छ ।
घरको दोस्रो तलामा सुतिरहेको समयमा मंगलबार बिहान २ बजेरित चौधरीलाई सर्पले टोकेको थियो ।
चौधरीलाई उपचारको लागि बाँकेको नेपालगञ्जतर्फ लैजाने क्रममा मंगलवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।