झापाको दमकमा शुक्रबार बिहान घरको छतबाट झरेर एक जनाको ज्यान गएको छ ।
दमक ५ मा नाम, थर र वतन नखुलेका अन्दाजी २७ वर्षका आर्यन अनुहारका एक युवाको घरको छतबाट लडेर ज्यान गएको हो ।
स्थानीय रोयल पार्टी प्यालेस नजिकै भएको उक्त घटनाको प्रकृति हेर्दा एउटा घरबाट अर्को घरमा जाने क्रममा लडेको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुव्बाले जानकारी दिए ।
शुक्रबार बिहानको राती करिब साढेँ दुई बजेतिर उक्त घटना भएको प्रहरीले बताएको छ।
घटना घटेको समय, प्रकृति र शवको अवस्था हेर्दा चोरी गर्नेक्रममा उक्त घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले मृत व्यक्तिको साथबाट केही सामानसमेत फेला पारेकाले चोरीको शंका गरिएको बताएको छ ।
बेवारिसे उक्त शवको पोष्टमार्टम लागि दमक अस्पतालमा राखिएको छ ।