दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीले भोजपुर हचुवागढी गाउँपालिका- ३ का एल्जित राईलाई पक्राउ गरेको छ।
राई बा ४ ख८२ नम्बर बसका सहचालक हुन्।
काठमाडौंको तारकेश्वर नगरपालिकाको शुभकामना चोकमा अलमलमा परेका दुई बालिकालाई बस ड्राइभरले गाडीमा आश्रय दिएको तर राति सहचालक राईले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
राईलाई प्रहरीले सोमबार पक्राउ गरी थप अनुसन्धान अघि बढाएको बताएको छ।