मौसम पूर्वानुमान शाखाले आज देशैभरि बदली रही पानी पर्ने जनाएको छ।
बिहान ६ बजे ३ दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले यस्तो बताएको हो।
हाल पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी भू-भागमा पनि आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपास रहेको र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको छ।
यसका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भाग र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेका छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभर मनसुनी गतिविधि बढेको महाशाखाले जनाएको छ।
यस्तो छ महाशाखाको तीन दिने मौसम पूर्वानुमान:
भाद्र ३१ गते (मंगलबार)
दिउँसो: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ०१ गते (बुधबार)
दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ०२ गते (बिहीबार)
दिउँसो: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।
राती: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।