‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइट तथा सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिंकड्ईन संचालनमा ल्याइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तयार पारिएको वेबसाईट तथा सामाजिक संजालका ह्यान्डलहरु एकैसाथ शुभारम्भ गरे।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाईटमा www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन।
त्यसैगरी सामाजिक संजालका ह्यान्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन्।
यसमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचनाहरु समावेश गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले जानकारी दिए। कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको तयारीको कामलाई तीव्रता दिने क्रममा यसको आधिकारिक वेबसाइटहरुको पनि शुभारम्भ गरिएको बताए।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईटमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सम्वन्धी जानकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुको पनि सो सम्बन्धि सन्दर्भ सामग्रीहरु भिडियोमार्फत सार्वजनिक गरिनेछ। मन्त्री भट्टराईले यी वेबसाईटहरुबाट नेपाल भ्रमण वर्षको तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न पनि सम्बद्ध सबै निकायलाई निर्देशन दिए।