तुलसिपुर उपमहानगरपालिका सस्थापक मेयर शंकरप्रसाद आचार्यले बिरेन्द्र माबि भ्यूडहर सुनपुरलाई ५ लाख नगद प्रदान गरेका छन्।
शुक्रबार उनले थप १ लाखको अक्षय कोष स्थापना गरेका छन्।
आचार्यले विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न ५ लाख नगद सहयोग गर्नुका साथै आफ्ना बुवा आमाको स्मृतिमा थप १ लाखको देब अम्बिका स्मृती छात्रवृत्ति अक्षकोष स्थापना गरेका हुन।
आचार्यले एक लाख रुपैंया छात्रवृत्ति र पाँच लाख रुपैयाँ विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न भन्दै सहयोग प्रदान गरेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चुडामणि ढकालले जानकारी दिए।
बिधालयका प्रधानाध्यापक मदनकुमार शर्माले आचार्यले स्थापना गरेको अक्षकोषबाट हरेक बर्ष ब्यबस्थापन समितिको निर्णय अनुसार जेहेन्दार बिधार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए।