गैरआवासीय नेपाली संघ (एनआरएनले) भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू-भागमा देखाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गरी एनआरएन अध्यक्ष कुमार पन्तले विज्ञप्ति जारी गरी भारत सरकारको सो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरू क्षुब्द भएको बताएका छन्।
विज्ञप्तिमा दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषय कूटनीतिक माध्यम, ऐतिहासिक दस्तावेज एवम् प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको भन्दै भारतको आलोचना गरिएको छ।
यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवम् विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।