पर्सा प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेका भैंसी र पाडापाडी बरामद गरेको छ।
बिहीबार साँझ करिब सात बजे महुवनबाट ना५ख १९४७ नम्बरको ट्रकमा ल्याइएका भैंसी र पाडापाडी बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
काठमाडौं लैजान हिँडाइका १२ भैंसी र ११ वटा पाडापाडी समातेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। भारतबाट पशुपंक्षी आयात गर्न प्रतिबन्ध छ।