केही सातादेखि काठमाडौं उपत्यकामा भैंसीका हड्डी तथा छाला जलाएर दुर्गन्ध फैलाउने तीन जनालाई ललितपुर महानगरपालिकाले १२ हजार जरिमाना तिराएको छ।
उनीहरुलाई महानगर प्रहरीले शनिबार कार्यालयमा पेश गरी बयान लिइएको थियो।
स्थगत निरीक्षणपछि उनीहरूलाई १२ हजार रुपैयाँ जरिमाना तिराएको हो।
आगामी दिनमा यस्तो क्रियाकलाप गरे कडा सजाय दिने सर्तमा छोडिएको थियो।
गत सोमबार राति साडे ११ बजे प्रहरीले नख्खु खोलाबाट बधशालाबाट ल्याइएका छाला तथा हड्डी जलाइरहेको अवस्थामा सातदोबाटो प्रहरी वृत्तले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा राजेश शेर्पा, शाजिद मुस्लिम र फेसल मुस्लिम रहेका छन्। मंगलबार उनीहरूलाई प्रहरीले स्थानीय सरकारको मातहतमा पर्ने भन्दै निवेदनसहित महानगरलाई बुझायो। सोही दिन उनीहरूलाई तारेखमा छाडिएको महानगरपालिकाले जनाएको छ।
‘उनीहरूलाई तारिखमा छाडिदियौं,’ महानगरका प्रहरी निरीक्षक सुवर्ण व्यञ्जनकारले भने।
यो पनि:
काठमाडौंमा फैलिएको गन्ध केको हो?