काठमाडौं जिल्ला अदालतले दुई वर्षअघि राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्षको कैद सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद पठाउने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने निर्णय गरेको हो।
घटनामा संलग्न अन्य तीन जना अभियुक्तहरूलाई १४ महिनाको कैद सुनाइएको काठमाडौं जिल्ला अदालतका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
के भएको थियो?
२०७४ माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा शैलेश कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेललेले १८ वर्षे युवतीलाई सामूहिक बलात्कार गरेका थिए।
पीडित युवतीले माघ ८ गते प्रहरी वृत्त दरबारमार्गमा आरोपित ४ जनाले आफूलाई बलात्कार गरेको र सोही बेला नग्न तस्बिर तथा भिडिओसमेत खिचेर राखेको भन्दै उजुरी गरेकी थिइन्।
पीडित युवतीले आफू कामबाट घर फर्कदै गर्दा आरोपी कार्कीले फोन गरेर घर पुर्याउने शर्तमा बोलाएका थिए।
त्यसपछि कार्कीले मदिरा खुवाएर घर जान नदिएर होटल लगि साथीलाईसमेत साथमा लिएर बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन्।