प्रहरीले पुरानो बानेश्वरबाट छ जना जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त बानेश्वरले शनिबार अपराह्न दुई लाख ५९ हजार ५० रुपैयाँसहित जुवाडेलाई पक्राउ गरेको हो।
बानेश्वर-३१ कात्तेनी चोकका नवीनकिशोर भोजपुरेको घरको चौथो तलामा जुवा खेलाइरहेको सूचना पाएपछि बृत्तको टोली त्यसतर्फ गएको थियो।
पक्राउ परेकालाई हिरासतमा लिई आवश्यक अनुसन्धान थालिएको बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए।