धादिङको बेनिघाटमा ग्यास बोकेको भारतीय बुलेट गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन्।
वीरगन्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आज बिहान सडक छेउमा पल्टिएको थियो।
‘अर्को गाडीमा ठक्कर खाएर ग्यास बुलेट सडकमा पल्टिएको हो,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले सेतोपाटीसँग भने, ‘मानवीय क्षति छैन। पल्टेको गाडी उठाउने तयारी हुँदैछ।’
दुर्घटनापछि बिहानैदेखि पृथ्वीराजमार्गमा एकतर्फी सवारी साधन चलेका छन्।
‘ग्यास अनलोड गरेर बुलेट उठाउने कि त्यसै उठाउने भन्ने अहिले यकिन छैन। काठमाडौंबाट प्राविधिक बोलाएका छौं,’ उनले सेतोपाटीसँग भने।