काभ्रे नमोबुद्ध नगरपालिका ६ बुच्चाकोटमा चालकले ब्रेक लगाउन विर्सँदा रोकीराखेको कार भीरबाट खसेको छ।
एक परिवार नमोबुद्धको दर्शन गरेर जनकपुरतिर बा२१च६०८८ नम्बरको निजी कारबाट जाँदै थियो।
केही बेर आराम गर्न भनी बुच्चाकोटमा कार रोकिएको थियो। तर गाडी गुडेर भीरबाट खस्यो र रुखमा अड्कियो। चालकले ह्यान्ड ब्रेक लगाउन बिर्सेपछि उक्त गाडी आफै गुडेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयराज सापकोटाले जानकारी दिए।
कारमा परिवारका ४ जना सवार थिए। सबै सकुशल रहेको सापकोटाले बताए। उक्त गाडी शनिबार नै भीरबाट निकालिएको छ।