राजधानीको बसन्तपुरमा शनिबार राति साढे १० बजे मदिरा सेवन गर्दागर्दै विवाद भएपछि एकजनाले साथीको हत्या गरेका छन्।
काठमाडौं-१२ बस्ने ह्युमत टोल बस्ने ४६ वर्षीय मनिषकुमार खड्गीले काठमाडौं-१९ दमाई टोल बस्ने ४५ वर्षीय अरुण चित्रकारलाई छुरा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
महानगरीय प्रहरी जनसेवाको टोलीले मनिषकुमार खड्गीलाई तत्कालै पक्राउ गरी हिरासतमा राखेको छ। घटनास्थलबाट छुरा बरामद गरेको हो।
उनीमाथि कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान थालेको डिएसपी बोगटीले जानकारी दिए।