सुनसरीको इनरूवामा जग्गा कारोबारीको हत्या भएको छ।
सुनसरी जिल्ला अदालत नजिकै घर भएका ४० वर्षीय कारी यादवको हत्या भएको सुनसरी प्रहरीले जनाएको छ।
उनको हत्या भएको अवस्थामा घरनजिकै बुधबार बिहान शव फेला परेको हो।
यादवको घरेलु हतियार प्रहारबाट हत्या भएको सुनसरी प्रहरीको भनाइ छ।
उनको शरीरभरि चोटपटक छन्। यादवलाई अन्यत्रै हत्या गरेर शव घरनजिकै ल्याई फालिएको देखिएको सुनसरी प्रहरी प्रवक्ता विनोद शर्माले बताए।
यादव मंगलबार राति घरबाट बाहिर निस्केका थिए। कसैले फोन गरेपछि बाहिर निस्केका यादवको शव बुधबार बिहान भेटिएको थियो।
हत्या अनुसन्धानका लागि डिएसपी शर्माको नेतृत्वमा टोली परिचालन भएको छ।