न्युजिल्याण्डको सेतो टापुमा ज्वालामुखी फुट्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ। २३ जना पर्यटकहरुलाई न्युजिल्याण्डका सेनाले उद्दार गरेका छन्।
सोमबार दिउँसो सवा २ बजे फूटेको ज्वालामुखीमा परी २० जना घाइते भएका छन् भने थुप्रै हराएको रोयटर्सले जनाएको छ। घाइतेमध्ये ७ को अवस्था गम्भीर छ।
ज्वालामुखी प्रभावित क्षेत्रमा कति संख्यामा मानिस थिए भन्ने एकीन नभएकाले मृतकको संख्या एकीन हुन नसकेको प्रहरीले जनाएको छ। यद्यपी त्यस क्षेत्रमा ५० भन्दा बढी मानिस रहेको अनुमान छ। हराएकाको जीवितै उद्दार हुने संभावना सकिएको प्रहरीले जनाएको छ।
‘त्यस क्षेत्रमा मान्छे बाँच्ने संकेत छैन’ प्रहरीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। प्रहरीले हाल कति जनाको मृत्यु भएको हो भन्ने अनुसन्धान गरिरहेको द गार्दियनले जनाएको छ।