पर्सा प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१९ का ६० वर्षीय रामबालक वैठा रहेका छन्।
उनलाई ११ किलो ८ सय ग्राम चरेससहित सोमबार राति गण्डक चौकबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। वीगन्ज-१४ गण्डकमा सवारीसाधन तथा पैदल यात्रु चेकजाँच गर्ने क्रममा जितपुरतर्फबाट साइकल चलाउँदै वीरगन्ज आइरहेका वैठालाई चरेससहित समातिएको प्रहरीले जनाएको छ।
उनलाई लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रण ऐनअनुसार आवश्यक कारबाही थालिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।