पश्चिम दाङको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ कासीपुर निवासी ४५ वर्षीय चोपीलाल केसी रहेका छन्।
दुर्घटनाका गम्भीर घाइते केसीलाई बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।
बिहीबार बेलुका ७ बजेतिर हापुरेबाट–रगैंजातर्फ जाँदै गरेका केसी सवार रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका वडा नं. ६ को चिसापानीमा दुर्घटना भएको थियो।
तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।