वडा प्रहरी कार्यालय बैदाम कास्कीको नयाँ कार्यालय भवन बन्ने भएको छ।
आइतबार आइजिपी सर्वेन्द्र खनालले भवनको उद्घाटन गरेका छन ।
नयाँ भवन अत्याधुनिक र भूकम्प प्रतिरोधात्मक मापदण्ड अनुसार बन्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नयाँ बन्ने भवन ३ तल्लाको हुने छ भने ब्यारेकमा १ सय ५० जना अटने छन् । महिला र पुरुष थुनुवाहरुको लागि र सिनियर प्रहरी अधिकृतको आवास पनि नयाँ भवनमा हुने छ।
झण्डै ७ करोडको लगानीमा बन्न लागेको भवन रोयल कन्ट्रक्सन प्रालि धनगढीले बनाउन लागेको हो।