चेकगणतन्त्रको पश्चिमी सहर वेपटीको एक अपाङ्ग हेरचाह केन्द्रमा आइतबार आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको उद्धारका लागि त्यहाँ पुगेका सरकारी अधिकारीले बताएका छन्।
'अपाङ्ग हेरविचार केन्द्रमा आगलागी हुँदा कम्तीमा आठको मृत्यु भएको छ भने ३८ व्यक्ति जलेर घाइते भएका छन्,'आकस्मिक सेवा कार्यालयका प्रवक्ता प्रोकोप भोलेनिकले एएफ्पीलाई बताए।
घटनामा सख्त घाइते भएका कम्तीमा ३० व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको छ भने एक व्यक्तिको अवस्था निकै चिन्ताजनक रहेको छ, तीन गम्भीररूपमा घाइते छन् भने २६ जना सामान्यरूपमा घाइते रहेका छन्।
भवनमा लागेको आगो नियन्त्रणमा आइसकेको छ।
'आगलागी सुस्त मनस्थिति भएका व्यक्तिहरूलाई राखिएको एक घरमा भएको थियो,' वेपटीका नगरप्रमुख जित्का गाभ्दुनोभाले बताए।