जनवरी ८ मा युक्रेन इन्टरनेसनल एयरलायन्सको जहाजमा इरानले दुई मिसाइल हानेको खुलेको छ।
इरानको नागरिक उड्डयन प्राधिकरणले मंगलबार जहाजमा दुई मिसाइल हानेको खुलासा गरेको हो।
‘प्रारम्भिक अनुसन्धानमा टोर-एम १ नामका दुई मिसाइल हानेको देखिएको छ, थप अनुसन्धान भइरहेको छ,’ इरानको नागरिक उड्डयन प्राधिकरणको वेबसाइटमा राखिएको प्रतिवेदनमा भनिएको छ।
रसियाले बनाएको यो मोडलका मिसाइल छोटो दूरीका जहाज र क्रुजलाई निशाना लगाउन प्रयोग गरिन्छ।
१६७ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७-८०० जहाज जनवरी ८ मा स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो।
दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो।
त्यही दिन केहीबेरअघि इराकस्थित अमेरिकी सैनिक अखडामा मिसाइल हानेको इरानले सुरूमा प्राविधिक कारणले जहाज खसेको दाबी गरेको थियो।
घटनाको केही दिनपछि इरानका राष्ट्रपति हसन रूहानीले भूलवश जहाज खसालिएको स्वीकारेका थिए।
घटनाबारे ढाँटेको भन्दै इरानमा त्यसयता प्रदर्शन भइरहेको छ।