कोरोना भाइरस लागेका संक्रमित विरामीको उपचारमा सक्रिय एक जना डाक्टरको चीनमा मृत्यु भएको छ।
कोरोना भाइरस लागेपछि हुबेई सिन्ह्वा अस्पतालका डाक्टर लियाङ विङदोङको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
डाक्टर विङदोङ कोरोना भाइरस लागेका विरामीको उपचारमा केही दिनदेखि निकै सक्रिय थिए।
भाइरस संक्रमणबाट डाक्टरकै मृत्यु भएको यो पहिलो हुनसक्ने चिनियाँ सञ्चारमाध्यमको दाबी छ।
नेपालमा पनि एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
यो रोगबाट बच्न के गर्ने?
यो पनि पढ्नुहोस्:
कोरोना भाइरसबाट कसरी बच्ने?