राजश्व अनुसन्धान विभागले २३ करोड राजश्व छलेको अभियोगमा दुई कम्पनीका संचालकविरुद्ध मुद्दा दायर गरेको छ।
रेजिङ इन्टरनेसनलका प्रोप्राइटर सञ्जिव मास्केले नक्कली भ्याटबिल बनाएर राजश्व छलेको अभियोगमा विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको छ।
उनले १४ करोड ८७ लाख रुपैयाँ राजश्व छलेको विभागको दावी छ। सो विगो रकमको दोब्बरसम्म जरिवाना तथा ३ वर्षसम्म कैद सजाय माग गर्दै विभागले मुद्दा हालेको हो।
त्यस्तै हनुमान कन्स्ट्रक्सनविरुद्ध पनि विभागले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सो कम्पनीका संचालक शालिकराम न्यौपाने र कर्मचारी विश्वराज सुवेदीबाट ८ करोड ६२ लाख रुपैयाँ विगो रकम असुल उपर गराई त्यसको दोब्बरसम्म जरिवाना तथा ३ वर्षसम्मको कैद सजाय माग गरिएको छ।