गायिका आस्था राउत त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएकी छिन्।
सोमबार बेलुकी राउतको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए।
'हिजो बेलुका पेट दुख्ने अनि तनाव भएपछि उनलाई अस्पताल लगिएको थियो,'बोगटीले सेतोपाटीसँग भने।
सोमबारनै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारको मुद्दामा चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ।
श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।
राउत आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन्।