मकवानपुर प्रहरीले एक यात्रुवाहक बसबाट २१ किलो गाँजासहित दुई युवालाई पक्राउ गरेको छ।
मंगलबार बिहान ४ बजे हेटौंडा उपमहानगरपालिका वडा नं. १० बसपार्कबाट २१ किलो गाँजा बरामद भएको उक्त कार्यालयले जनाएको छ।
काठमाडौंबाट काकँडभिट्टा जाँदै गरेको ना५ख ४९० नम्बरको बसमा चेकजाँच गर्दा सुनसरी इटहरी-१५ का २० वर्षीय सागर पाण्डरे र धादिङ रोराङ नगरपालिका वडा नं. १ का १८ वर्षीय सोनम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चेकजाँच गर्दा उनीहरूको झोलाभित्र २१ किलो गाँजा फेला परेको थियो। पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐनअनुसार अनुसन्धान थालिएको छ।