वीरगन्जबाट भारत हिँडेका एक व्यक्ति १२ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बा६च ७४४० नम्बरको मोटरसाइकलमा सवार हिमाञ्चल प्रदेश धौलाकुवाका सुभाष चन्दलाई बुधबार पक्राउ गरेको हो।
मध्याह्न १२ बजे घन्टाघर चोकबाट चन्दलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। उनको साथबाट प्रतिबन्धित दुईसय रूपैयाँको ६०० वटा नोट बरामद भएको प्रहरीले जनाएको छ।
चन्दलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको छ।