रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
आइतबार राति ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो।
सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई बाहिर बोलाएर नजिकै निर्माणाधीन अवस्थामा रहेको भवनमा लगेर तीन जना युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ।
पीडितका आफन्तले सोमबार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि घटना बाहिर आएको हो।
बालिकाको भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बालिकाको बुवा अस्वस्थ रहेको कारण आमा र बुवा उपचारको लागि भारतको मुम्बईमा रहेको बताइएको छ।
बालिका हजुरवुवा, बहिनी र भाइसँगै बस्दै आएकी थिइन्। बलात्कारमा संलग्न तीन युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार इलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक चित्र बहादुर घलेले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका युवा अन्दाजी २२-२३ वर्षका रहेका छन्। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।