चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नम्बरको को ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो।
ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरी नियन्त्रणमा छन्।