अस्ट्रेलियाको वाललनमा ट्रेन पल्टिँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार १६० यात्रु बोकेको एक्सपिटी ट्रेन वाललन नजिकै ट्र्याक बाहिर जाँदा पल्टिएको हो।
भिक्टोरिया प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेको हो।
दुर्घटनापछि मेलबर्न र सिड्नीबीचको ट्रयाक बन्द गरिएको छ। घाइतेको विस्तृत विवरण आइसके थुप्रै घाइते रहे पनि कति छन् भन्ने खुल्न भने सकेको छैन।
उद्दार गर्न तीन हेलिकप्टर र दमकलहरू पनि प्रयोग गरेको डेली मेलले जनाएको छ।