श्रीलंकाले दक्षिण अफ्रिकाविरूद्धको चौथो श्रृखंला पनि गुमाएको छ। बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले पाहुना टोलीलाई ६ विकेटले पराजित गरेको हो। जीतसँगै पाँच म्याचको सिरिजमा उसले ४-० को अग्रता लिएको छ।
अन्तिम म्याच शनिबार खेलिनेछ।
बुधबार भएको खेलमा टस हारेर ब्याटिङका लागि उत्रेको श्रीलंका १८९ रन बनाएको थियो। दक्षिण अफ्रिकाले १९० रनको लक्ष्यलाई ३२.५ ओभरमा ४ विकेट गुमाएर हासिल गर्यो।
श्रीलंकाका लागि इसरू उडानाले सर्वाधिक ७८ रन जोडेका थिए। एक समय श्रीलंकाले १३१ रनमा ९ विकेट गुमाएको थियो जसलाफ उडानले सम्हाल्दै श्रीलंकाको स्कोर १८९ रन सम्म पुर्याए।
त्यस्तै श्रीलंकाका लागि अविश्का फर्नाडोले २९ रन जोडेका थिए।
दक्षिण अफ्रिकाका लागिएनरिक नोर्जेले २, एन्डिके फेहलुकवायोले दुई तथा डेल स्टेन, लुङ्गी एङ्गीडी, तबरैज शम्सी तथा ड्यूमिनीले १-१ विकेट लिएका थिए।
यस्तै दक्षिण अफ्रिकाका लागि क्विंटन डिककले ५१ , कप्तान फफ डुप्लेसिसले ५३ तथा ज्याँ पल ड्युमिनीले नटआउट ३१ रन बनाएका थिए। डेविड मिलरले पनि नटआउट २५ रन जोडे। श्रीलंकाका लागि धन्ञ्जय डि सिलवाले ३ तथा कसुन रजिताले १ विकेट लिएका थिए।