इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्।
भारतमा जारी १२ औं संस्करणको आइपिएल खेलेर सन्दीप आइतबार अपरान्ह ४ :३० बजे स्वदेश फर्किएका हुन्।
२ : ४५ बजे अवतरण गर्ने बताइए पनि मौसम प्रतिकूलले अवतरण ढिला भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका शुभचिन्तकले स्वागत गरेका थिए।
आइपिएलमा सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए। तर, उनको टिम दिल्ली दोस्रो क्वालिफायरमा चेन्नइ सुपर किङसँग पराजित भयो। दिल्ली फाइनल पुग्न असफल भएपछि सन्दीप स्वदेश फर्किएका हुन्।
यस सिजनमा सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए ।