इंग्ल्याण्डमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा आइतबार भारत र पाकिस्तानबीच पहिलो भेट हुँदैछ।
खेलअगाडि पाकिस्तानका कप्तान सरफराज अहमदले पिचलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। उनले आइसिसीले भारतीय टोलीलाई अनुकूल हुनेगरी पिच बनाएको आरोप लगाएका छन्।
सरफराजले अस्ट्रेलियासँग भएको खेलमा पनि पिचप्रति असन्तुष्टि जनाएका थिए। उनले पिच निरीक्षणपछि रिपोर्टका अनुसार सो पिच फास्ट बलरहरूलाई सहयोग मिल्ने किसिमको रहेको बताएका थिए।
उक्त खेल अस्ट्रेलियाले ४१ रनले जितेको थियो। सो खेलमा अस्ट्रेलियाले शानदार सुरूवात गरे पनि पाकिस्तानले राम्रो बलिङ गर्दै ३०७ रनमा समेटेको थियो।
यस खेलमा मोहम्मद आमिरले १० ओभर बलिङ गर्दै ३० रन खर्चेर ५ विकेट लिएका थिए। त्ससैगरी जवाफी ब्याटिङ गर्दै पाकिस्तान ४५.४ मा २६६ ओभरमा समेटिएको थियो। त्यसअघि पनि भारत वेस्ट इण्डिजसँग १०५ रनले पराजित भएको थियो।
मिडिया रिपोर्टका अनुसार आइसिसीले बनाएको पिच उनीहरूको खेल अनुकूल नहुने सरफराजको आरोप छ। उनले आइसिसीका प्रतियोगिताहरूमा भारतलाई सधैं उनीहरूका ब्याट्सम्यान तथा स्पिनरहरूलाई सहयोग पुग्ने पिच हुने गरेको पनि दाबी गरे।
जारी विश्वकपमा भारतले आफूले खेलेका दुबै खेलमा दक्षिण अफ्रिका तथा अस्ट्रेलियालाई पराजित गरेको छ।