विश्वकप क्रिकेट अन्तरगत आयोजक इङ्ल्याण्ड र वेस्ट इण्डिजबीच भएको खेलमा इङ्ल्याण्ड विजयी भएको छ।
शुक्रबार भएको खेलमा उसले वेस्ट इण्डिजमाथि ८ विकेटको फराकिलो जित हासिल गरेको हो।
टस जितेर फिल्डिङ रोजेको इङ्ल्याण्डलाई वेस्ट इण्डिजले पहिले ब्याटिङ गर्दै ४४.४ ओभरमा अल आउट हुँदै २१३ रनको लक्ष्य दिएको थियो। इङल्याण्डले सो लक्ष्य २ विकेटको क्षतिमा ३३.१ ओभरमा पूरा गर्यो।
इङ्ल्याण्डको जितमा जोय रूटले शतकिय पारी खेले। उनले ९४ बल खेल्दै शतक प्रहार गरेका हुन्। यसक्रममा उनले ११ चौका प्रहार गरे। त्यसैगरी जोनी बेयरस्टोले ४५ रनको योगदान दिदां क्रिस वोक्सले ४० रन बनाए भने बेन स्टोकले १० रन बताएका थिए।
वेस्टइ इण्डिजका लागि शानोन ग्याब्रियलले २ विकेट लिए।
वेष्ट इण्डिजले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ३३ ओभर एक बलमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो. इंग्ल्याण्डका लागि जोय रुटले शतक पुरा गरे। ९४ बल खेलेका उनले ११ चौकाको मद्दतमा नटआउट १०० रन बनाएका हुन्। यस्तै जोनी बैरस्टोले ४५, क्रिस वोक्सले ४० र बेन स्टोकले १० रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजका लागि निकोलस पोरनले सर्वाधिक ६३ रन जोडे भने शिम्रो हेटमायरले ३९, क्रिस गेलले ३६, आन्द्रे रसेलले २१ तथा कालर्लोर वार्थनेटले १४ रन जोडेका थिए।
वेस्ट इण्डिजको पारीलाई सस्तैमा समेट्ने क्रममा इङ्ल्याण्डका लागि जोफ्रा आर्चर र मार्क उडले समान ३-३ विकेट लिए भने जोय रूटले २ विकेट लिए। यस्तै क्रिस वोक्स र लायम प्लुङ्केटले पनि १-१ विकेट लिए।