सचिन तेन्तुल्करले अस्टरेलियाको एक कम्पनी विरूद्ध मुद्धा दायर गरेका छन्। उनले एक क्रिकेट ब्याट बनाउने कम्पनीमाथि मुद्धा दायर गरेका हुन्।
सन् २०१६ मा उनले सो कम्पनीसँग एक सम्झौता गरेका थिए र सम्झौता अनुसार कम्पनीले सचिनलाई वार्षिकरूपमा दिनुपर्ने पैसा नदिएपछि उनले मुद्धा दायर गरेका हुन्।
सम्झौता अनुसार सो कम्पनीले उनलाई वार्षिक रूपमा कम्तिमा पनि १० लाख डलर दिनुपर्थ्यो तर विगत दुई वर्षदेखि सो रकम नदिएपछि सचिनले मुद्धा दायर गरेका हुन्।
सो पैसा स्पार्टन स्पोर्टस नामक कम्पनीले सचिनलाई उसले उत्पादन गर्ने सामाग्रीमा सचिनको तस्वीर तथा लोगो प्रयोग गरे बापत दिने सम्झौता गरेको थियो।
सचिनले सन् २०१८, सेप्टेम्बरदेखि कम्पनीले आफूलाई एक पैसा पनि नदिएको बताएका छन्।
कम्पनीलाई पटक-पटक पैसा दिन ताकेता गरे पनि कम्पनीले वास्ता नगरेपछि उनले कम्पनीसँगको करार सम्झौता तोडेका छन्।
सम्झौता तोडे पनि कम्पनीले सचिनलाई अटेर गर्दै सचिनको तस्वीर र लोगो प्रयोग गरिरहेको सचिनको आरोप छ।
उनले कम्पनीसँग झण्डै १४ करोड भारू रकमको माग गरेका छन्। यस मामिलामा २६ जूनमा सुनवाइ हुनेछ।