आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इण्डिजले बंगलादेशलाई जितका लागि ३२२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३२१ रन बनाएको हो।
वेस्ट इण्डिजका लागि सबभन्दा धेरै रन विकेटकिपर ब्याट्सम्यान शाइ होपले बनाए। उनले ९६ जोडे। तर उनी सतक प्रहार गर्नबाट भने चुके।
त्यस्तै, इभिन लुइसले ७० रन बनाए भने सिमोरन हेटमेयरले ५० रन जोडे। बंगलादेशका मुस्ताफिजुर रहमान र मोहम्मद सैफद्धिनले समान ३-३ विकेट लिए।
सकिबल हसनले समान दुई/ दुई विकेट लिए। दुवै टोली प्रतियोगितामा कायम रहन जित्नैपर्ने दबाबमा छन्।
दुवै टिमले अहिलेसम्म १-१ जित हात पारेका छन्। ४ खेल खेलेको वेस्ट इन्डिज ३ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने समान खेलबाट ३ अंक नै जोडेको बंगलादेश आठौं स्थानमा छ।
वेस्ट इण्डिज र बंगलादेशले आइसीसी क्रिकेट विश्वकप २०१९ मा उत्कृष्ट सुरूआत गरेका थिए। पहिलो खेलमा शानदार जितपछि भने दुवै टिमको प्रदर्शन खस्किएको थियो।