इंग्लिस क्रिकेट टिमका कप्तान इयान मोर्गानले एकदिवसीय खेलको एकै इनिङमा सबैभन्दा बढी छक्का प्रहार गर्दै विश्व रेकर्ड बनाएका छन्।
आइसिसी क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तानविरूद्ध जारी खेलमा १७ छक्का प्रहार गरेर मोर्गानले एकदिवसीय खेलमा रेकर्ड बनाएका हुन्।
यसअघि एकदिवसीय एकको एकै इनिङमा बढी रेकर्ड प्रहार गर्ने रेकर्ड भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स र वेस्ट इन्डिजका क्रिस गेलको नाममा थियो। तीन जना खेलाडीले समान १६-१६ छक्का प्रहार गरेका थिए।
खेलमा मोर्गानले १४८ रन जोडे। उनले ७१ बलमा ४ चौका र १७ छक्का प्रहार गरेका थिए। उनी ४७औं ओभरको अन्तिम बलमा अफगानिस्तानका कप्तान गुब्लादिन नइबको बलमा क्याच आउट भएका थिए।