नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई कोसी मल्टिपल कलेजले सद्भावनादूत नियुक्त गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय स्तरमा हात पारेको ठूला सफलतामा योगदान दिएको भन्दै सद्भावनादूतमा नियुक्त गरेको कलेजले जनाएको छ। कलेज र ज्ञानेन्द्रबीच पाँच वर्षको सम्झौता भएको छ।
ज्ञानेन्द्रसँग सम्झौता गरेसँगै कलेजले राष्ट्रिय स्तरको कलेज प्रतियोगिता आयोजना घोषणा गरेको छ। यस्तै कलेजले मल्लसँगको सहकार्यमा विराटनगरमा क्रिकेट प्रशिक्षणसमेत सञ्चालन गर्ने पनि जनाएको छ।
'मल्लसँगको यो सहकार्यले कलेजको मात्रै नभएर नेपाली क्रिकेटको विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छौं,' कलेजका निर्देशक मनिश स्वर्णकारले विज्ञप्तिमार्फत जनाएका छन्।