आइसिसी क्रिकेट विश्वकपमा अस्ट्रेलियाले आयोजक इंग्ल्यान्डलाई २८६ रनको लक्ष्य दिएको छ।
लन्डनको लर्ड्स मैदानमा टस जितेको इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेटको क्षतिमा २८५ रन जोड्यो।
अस्ट्रेलियाका लागि ओपनर तथा कप्तान आरोन फिन्चले शतक प्रहार गरे। ११६ बलको सामना गरेका उनले ११ चौका र २ छक्का हिर्काए। उनका ओपनिङ पार्टनर डेभिड वार्नरले ५३ रनको योगदान दिए। उनले ६१ बलमा ६ चौका प्रहार गरे।
उस्मान खावाजा २३ रन र स्टेभिन स्मिथ ३८ रनमा आउट भए। ग्लेन म्याक्सवेल ८ बलमा १ चौका र १ छक्काको मद्दतमा १२ रनमा जोडेर आउट भए।
मार्कोस स्टोइनिस ८ रनमा रनआउट भए भने पाट कमिङ्ग्सले १ रन मात्र जोड्न सके। एलेक्स कोरीले नटआउट ३८ रन जोडे। उनले २७ बलमा ५ चौका हिर्काए।
बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्सले २ विकेट लिए। जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले १–१ विकेट हात पारे।