जारी विश्वकपमा अफगानिस्तानविरूद्धको खेलमा अलराउण्ड प्रदर्शन गर्दै बंगलादेशलाई जित दिलाएका सकिब अल हसनले विश्वकपमा अनौठो रेकर्ड बनाएका छन्।
३२ वर्षिय सकिबले ६ खेलबाट यस विश्वकपमाअहिलेसम्म ४७६ रन बनाइसकेका छन्।
यसका साथै उनले १० विकेटसमेत लिइसकेका छन्। आजसम्म एकै विश्वकपमा कुनै पनि खेलाडी ४०० बढि रन बनाउँदै १० विकेट लिएका छैनन्।
यसअघि सन् २०११ मा भएको विश्वकप क्रिकेटमा भारतका युवराज सिंहले एकै खेलमा पाँच विकेट लिनुका साथै अर्धशतक बनाएका थिए। आयरल्याण्डविरूद्धको खेलमा उनले यो कीर्तिमान बनाएका थिए। सोमबार शाकिबले सोहि कीर्तिमानको बराबरी गरे।
सो खेल बंगलादेशले ६२ रनले जित्यो। सकिबले १० ओभर बलिङ गर्दे २९ रन खर्चेर पाँच विकेट लिए। त्यस्तै उनले ५१ रनको अर्धशतकीय पारी पनि खेले। यसका लागि उनी 'म्यान अफ द म्याच' घोषित भए। यहि खेलका दौरान उनी विश्वकपमा बंगलादेशका लागि हजार रन बनाउने पहिलो बंगलादेशी खेलाडीसमेत बने।
यस विश्वकपमा दुई शतक बनाइसकेका शाकिब विश्वकपमा हजार रन बनाउने १९ औं ब्याटस्म्यान हुन्।