जारी विश्वकपमा भारत र पाकिस्तानबीचको खेलमा प्रयोग भएको बल सर्वाधिक महँगो रकममा बिकेको छ।
सो म्याचमा प्रयोग भएको बल करिब डेढ लाख भारतीय रूपैयाँ बिकेको हो।
सो खेल भारतले डकवर्थ-वेविसको आधारमा ८९ रनले जितेको थियो।
आईसिसी विश्वकप-२०१९ सँग सम्बन्धित सामानहरूको लिलामी बिक्री गरिरहेको आधिकारिक वेबसाइट आफिसियलमेमोराबिला डटकमका अनुसार सो बललाई सर्वाधिक बिक्रीमूल्यमा बेच्न राखिएको थियो र २१५० अमेरिकी डलरमा सो बल बिकेको उसको दाबी छ।
यसैगरी सो म्याचमा प्रयोग भएको टस सिक्का १४ सय ५० अमेरिकी डलरमा बिकेको छ भने स्कोरसिटले समेत ११ सय अमेरिकी डलर मूल्य पाएको सो वेबसाइटको भनाइ छ।
यस वेवसाइटले भारतसँग जोडिएका २७ चिज बिक्रीमा राखेकोमा मात्र ३ चिज बिक्न बाँकी रहेको छ। यसका अलावा यस साइटले अन्य म्याचका सामानहरू पनि बिक्रीका लागि राखेको छ।
यस्तै भारतले हार बेहोरेको सेमिफाइनल खेलमा प्रयोग भएको बल ८ सय ५० अमेरिकी डलरमा बिकेको छ भने टस सिक्का ३५० डलरमा बिक्री
भएको छ। यस्तै स्कोरसिटले ४ सय डलर मूल्य पाएको छ।