आइसिसी क्रिकेट विश्वकप २०१९ पछि विजेता टिम इंग्ल्यान्ड र उपविजेता टिम न्युजिल्यान्डका खेलाडी आइसिसी वरीयतामा माथि उक्लिएका छन्।
ब्याटिङको पछिल्लो वरीयतामा न्युजिल्यान्ड कप्तान केन विलियमसन करिअरको उच्च रेटिङ अंकमा छन्।
छैटौं वरीयतामा उक्लिएका उनले ७९९ अंक बटुलेका छन्। यस्तै रोस टेलरको पनि रेटिङ अंक करिअरकै उच्च ८४१ भएको छ।
इंग्ल्यान्डका अलराउन्डर वेन स्टोक्स पनि ६९४ अंकसहित २० औं वरीयतामा उक्लिएका छन्। इंग्ल्यान्डका ओपनर जासन रोए पहिलो पटक १०औं वरीयतामा पुगेका छन्।
अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ २९औं स्थानमा आइपुगेका छन्।
बलरको वरीयतामा इंग्ल्यान्डका क्रिस ओएक्स सातौं वरीयतामा छन्। जोफ्रा आर्चर पनि पहिलो पटक शीर्ष ३० वरीयतामा पर्न सफल भएका छन्।
उनी २९औं वरीयतामा छन्। उनले विश्वकपमा २० विकेट लिएका थिए।
न्युजिल्यान्डका तीव्र गतिका बलर मार्ट हेरनी दशौं वरीयतामा उक्लिएका छन्।
अलराउन्डरमा बंगलादेशका सकिब अल हसन शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा बेन स्टोक्स छन्।
एकदिवसीय वरीयता
ब्याट्सम्यान
- विराट कोहली - भारत
- रोहित शर्मा - भारत
- बाबर अजाम - पाकिस्तान
- फाप डु प्लेसिस - दक्षिण अफ्रिका
- रोश टेलर - न्युजिल्यान्ड
बलर
- जसप्रित बुमराह - भारत
- ट्रेन्ट बोल्ट - न्युजिल्यान्ड
- कागिसो रबडा - दक्षिण अफ्रिका
- पाट कमिङ्ग्स - अस्ट्रेलिया
- इमरान ताहिर - दक्षिण अफ्रिका
अलराउन्डर
- सकिब अल हसन - बंगलादेश
- बेन स्टोक्स - इंग्ल्यान्ड
- मोमहद नाबी - अफगानिस्तान
- इमाद वासिम - पाकिस्तान
- रासिद खान - अफगानिस्तान
टिम
- इंग्ल्यान्ड
- भारत
- न्युजिल्यान्ड
- अस्ट्रेलिया
- दक्षिण अफ्रिका
- पाकिस्तान
- बंगलादेश
- श्रीलंका
- वेस्ट इन्डिज
- अफगानिस्तान
- आयरल्यान्ड
- जिम्बावे
- नेदरल्यान्ड्स
- स्कटल्यान्ड
- नेपाल
- युएई
- पपुवा न्युगिनी