पूर्व स्टार ब्याटस्म्यान सचिन तेन्तुलकरले विश्वकप क्रिकेटको फाइनल नतिजामाथि प्रश्न गरेका छन्। उनले त्यसबारेमा प्रश्नसँगै सुझावसमेत दिएका छन्।
आइतबारको लड्समा भएको खेलमा विश्वविजेताको टुङ्गो बाउण्ड्रीबाट लगाइयो। यसै आधारमा इङ्ल्याण्डले घरेलु मैदानमा विश्वकपको ट्रफी उचाल्यो।
'मलाई लाग्छ विजेताको फैसला यसरी हुनुहुन्थेन। यसको सट्टा अर्को एक सुपर ओभर खेलाएर गर्नुपर्थ्यो। विश्वकपको फाइनल मात्र होइन, हरेक खेल महत्वपूर्ण हुन्छ। जस्तै फुटबलमा जब खेल अतिरिक्त समयमा जान्छ तब अरू केहिले महत्व राख्दैन', सय अण्तराष्ट्रिय शतक बनाएका सचिनले भने।
सचिनका अलावा भारतका उप-कप्तान रोहित शर्माले पनि बाउण्ड्रीका आधारमा तय गरिने नियमप्रति प्रश्न उठाएका थिए। ट्वीट गर्दै उनले यस नियमलाई परिवर्त गर्नुपर्ने माग गरेका थिए।