विश्वकपपछि इङ्ल्याण्ड एसेज सिरिजका लागि तयार छ। त्यस अगाडी २४ जुलाईमा उसले आयरल्याण्डसँग एउटा टेस्ट म्याच खेल खेल्दैछ।
आयरल्याण्डसँगका लागि टेस्ट टोलीको उसले घोषणा गरेको छ। यस टोलीमा विश्वविजेता टोलीका ५ खेलाडीमात्र टोलीमा परेका छन्, बाँकी १० खेलाडीलाई टेस्ट टोलीमा स्थान दिइएको छैन। यसरी टोलीमा नपर्नेमा कप्तान इयोन मोर्गान पनि हुन्।
उनको सट्टा टोलीको कप्तानी जो रूटले गर्नेछन्। इङ्ल्याण्डले अगस्ट १ बाट अस्ट्रेलियाविरूद्ध टेस्ट सिरिज खेल्नेछ।
इङ्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड(इसिबी) बोर्डले बुधबार टेस्ट टोलीको घोषणा गरेको हो। टोलीमा विश्वकप टोलीका ओपनर जेसन रिएलाई पहिलोपटक मौका दिइएको छ।
क्रिकइम्फोको रिपिर्ट अनुसार इङ्ल्याण्डका लागि रोएले कुल ८४ वान डे खेलेका छन्।
सो खेल लड्समा हुनेछ। रोए र रोरी बन्सलके टेस्ट खेलको पारी सुरूवात गर्ने अनुमान गरिएको छ।
इङ्ल्याण्डका चयनकर्ताहरूले रोएका अलावा लुइस ग्रेगरीलाई पहिलो टेस्ट खेल्ने अवसर दिएका छन्।
त्यस्तै विश्वकपमा सुपर ओभरमा बलिङ गरेका फास्ट बलर जोफ्रा आर्चरले भने यस टेस्टमा मौका पाएका छैनन्। उनको मांसपेशीमा तनाव बढेका कारण टोलीमा नअटाएका हुन्।
यस्तै अर्का पास्ट बलर मार्क वुड पनि यस खेलमा हुने छैनन्। उनलाई पनि आर्चरलाई जस्तै समस्या छ।
टिम इङ्ल्याण्डः जोरूट (कप्तान), जेसन रिए, जोनी बेयरस्टो, रोरी बनर्स, मोइन अलि, स्टुअर्ट ब्राड, जेम्स एन्डरसन, स्याम कुरे, लईस ग्रेगरी, ज्याक लिच, ओली स्टोन तथा क्रिस वोक्स।