भारतीय क्रिकेट टिमको प्रशिक्षकमा रवि शास्त्री कायम हुने भएका छन्। शास्त्रीसँगको सम्झौता आगामी टी-२० विश्वकपसम्म रहनेछ।
विश्वकप सन् २०२० को नोभेम्बरमा अस्ट्रेलियामा हुँदैछ।
बिसिसिआईको क्रिकेट सल्लाहकार समितिले पाँच जनासँग अन्तर्वार्ता लिएपछि शास्त्रीलाई प्रशिक्षक नियुक्त गरेको हो।
समितिमा कपिल देव, अंशुमान गेकवाड र शान्त रंगस्वामी थिए।
न्युजिल्यान्डका पूर्व प्रशिक्षक माइक हेसन, श्रीलंकाका पूर्व प्रशिक्षक टम मुडी दोस्रो र तेस्रो रोजाइमा परेका थिए। प्रशिक्षकका लागि रोविन सिंह र लालचन्द्र राजपुतले पनि अन्तर्वार्ता लिएका थिए।
यसअघि शास्त्री र उनका सपोर्टिङ स्टार्फको सम्झौता विश्वकप २०१९ पछि सकिएको थियो। त्यसपछि बिसिसिआईले ४५ दिन थप गरेको थियो।
विश्वकपको सेमिफाइनलबाट बाहिरिएपछि शास्त्रीको आलोचना भएको थियो। तर कप्तान विराट कोलहीले भने शास्त्रीलाई निरन्तरता दिँदा उपयुक्त हुने सुझाव दिएका थिए।