न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा श्रीलंकाले ६ विकेटको जित हात पारेको छ।
घरेलु टिम न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै पहिलो इनिङमा २४९ रन बनाएको थियो। जवाफमा न्युजिल्यान्डले पहिलो इनिङमा २६७ रन जोडेर १८ रनको अग्रता लिएको थियो।
त्यसपछि दोस्रो इनिङमा न्युजिल्यान्ड २ सय ८५ रनमा अलआउट हुँदा श्रीलंकाले २६८ रनको लक्ष्य पाएको थियो। श्रीलंकाले ४ विकेटको क्षतिमा लक्ष्प पूरा गर्दै जित हात पार्यो।
श्रीलंकाका लागि कप्तान दिमुख करुणारत्नले दोस्रो इनिङमा १२२ रनको योगदान दिए। उनले २४३ बल खेलेर ६ चौका र १ छक्का हिर्काए। उनका ओपनिङ पार्टनर लिहुरु थिरिमानले ६४ रन जोडे भने एन्जेलो म्याथ्युजले नटआउट २८ रन बटुले।
करुणारत्ने म्यान अफ दि म्याच भए। यसअघि उनले पहिलो इनिङमा ३९ रन जोडेका थिए।