अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
आइसिसीले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १५औँ स्थानमा थियो।
वरीयताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटौंमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ। आठौंमा श्रीलंका, नवौंमा वेस्ट इन्डिज र दशौं स्थानमा अफगानिस्तान छन्।
एघारौं स्थानमा आयरल्यान्ड, जिम्बावे १२औं र नेदरल्यान्ड्स १३औं स्थानमा छन्। स्कटल्यान्ड १४औं र ओमान १५औं स्थानमा छन्। नेपाल भन्दा पछि युएई १७ औं र पपुवा न्युगिनी १८औं स्थानमा छन्।
त्यस्तै आइसिसी टी–ट्वान्टी वरीयतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ। टी–ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् ।
टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । यस्तै भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौँ, छैटौं र सातौँ स्थानमा छन्।