एसेज सिरिजको चौथो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाका स्टिभ स्मिथले शतक प्रहार गरेका छन्।
दोस्रो टेस्टमा दौरान घाइते भएका स्मिथले जारि सिरिजमा तेस्रो शतक प्रहार गरेका हुन्।
घाइते भएका उनले तेस्रो तेस्रो टेस्ट गुमाएका थिए। उनले जारी सिरिजमा ५ सय रन पूरा गरिसकेका छन्।
टेस्टमा २६औं शतक प्रहार गरेका स्मिथको यो समग्रमा ३४ औं शतक हो। उनले एकदिवसीय खेलमा ८ शतक हिर्काएका छन्।
उनले इंग्ल्यान्डविरुद्धका पछिल्ला ८ इनिङमा पाँचौ शतक प्रहार गरेका हुन्। एसेज सिरिजमा उनको यो एघारौं शतक हो।
उनी इंग्ल्यान्डविरुद्ध बढी शतक प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्।
तीन खेल सकिदा सिरिज १–१ को बराबरीमा छ।